कैलालीमा निजी सवारीमा जोरबिजोर लगाउने गरी निषेधाज्ञा थप्ने तयारी – Nepal Press

कैलालीमा निजी सवारीमा जोरबिजोर लगाउने गरी निषेधाज्ञा थप्ने तयारी

कैलाली । कैलालीमा एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदै छ ।

सोमबार दिउँसो जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

थप हुने निषेधाज्ञा केहि खुकुलो हुने जनाइएको छ । पसलहरू खोल्ने समय थप गर्ने, अति आवश्यक कार्यालय खोल्न दिने र अन्य कार्यालयको हकमा पनि स्वास्थ्य मापदण्ड अनुसार सुरु गर्ने दिने बिषयमा बैठकमा छलफल हुने बताइएको छ ।

निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लगाएर सुरु गर्न दिने विषयमा पनि बैठकमा छलफल हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कैलालीमा निषेधाज्ञा थप गर्ने र स्वरूप परिवर्तन हुने उनले बताए । ‘निजी सवारीमा जोरबिजोर लगाउनले वा नलगाउने भन्ने बिषयमा बैठकले नै निर्णय गर्ने छ’ उनले भने ‘यो बिषयमा पनि बैठकमा छलफल भने हुनेछ ।’

पछिल्लो समय कोरोनाको संक्रमण केहि कम भइरहेको हुँदा निषेधाज्ञाको स्वरूप परिवर्तन गर्न खोजिएको उनले बताए । यो अवस्थामा पुन: संक्रमण बढ्ने देखिएमा तत्काल कडा निषेधाज्ञा हुने समेत जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर