नेप्से ६३ अंक घट्यो, ११ अर्ब ८१ रुपैयाँको कारोबार – Nepal Press

नेप्से ६३ अंक घट्यो, ११ अर्ब ८१ रुपैयाँको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ६३‍‍.२८ अंकले घटेर २९०५.१४ अंकमा पुगेको छ । २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ रकम बराबर किनबेच भएको नेप्सेमा ११ अर्ब ८१ करोड रुपैयाँ सेयर कारोबार भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.६१ अंकले घट्दै ५२८.५१ मा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ १३ वटै सूचांक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको सूचांक ३१०.९ अंकले घटेको छ । त्यस्तै, नीर्जीवन बीमा समूहको कारोबार २७९.२५, लघुवित्त समूहको ११७.६४, विकास बैंक समूहको १६५.२२, जलविद्युत समूह १०१.०९ र उत्पादनमूलक समूह १४९.५ अंकले घटेको छ । यसैगरी वित्त कम्पनीको सूचांक ८०.०४, व्यापार समूहको ९८.४८ र बैंकिङ समूहको ३५.४२ अंकले घटेको छ ।

कुमारी बैंकका संस्थापक सेयरधनीहरुले आज सबैभन्दा धेरै ८.६२ प्रतिशतले कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.८१ अंकले गुमाएका छन् ।

८० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेपाल पूनः बीमा कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर