पक्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने – Nepal Press

पक्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । दलित भनेर रुपालाई कोठा भाडामा नदिएको आरोपमा प्रहरीले आज उनलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो । परीसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले नेपाल प्रेसलाई भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर पक्राउ गरिएको छ । अब ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिन्छ ।’

अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उनले बताए । तर, ३ दिनको अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्ने उनको भनाइ छ ।

बस्नेतले भने, ‘तीन दिनअगाडी नै किनारा लाग्यो भने यो विचमा पनि मुद्धा अदालतमा पेश हुन सक्छ । यदि ३ दिनमा टुंगो लागेन भने म्याद थप गर्नुपर्ने हुनसक्छ ।’

रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् ।

आफुमाथी जातीय विभेद भएको उनको गुनासो छ । जाहेरी परेको ३ दिनपछि प्रहरीले प्रधानलाई पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

One thought on “पक्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

  1. अब जतिय द्वोन्द निम्ताउन खोज्दै छ भने यो पत्रकार नानी तेसैको पात्र रहिछ । भोली फेरी सबै काठमाडौं बासी ले जात हेरी कोठा भाडा दियमा के गर्छौ । पहिलो कुरा कोठा भाडा मा लिन बहाल् वाला ले भर्नु पर्ने फर्म भर्नु भयो कि भएन ? कतै कोठा भाडा साह्रै महँगो भयो भनी तेसो गर्नु भाको पो हो कि ? के उन्ले तेही मात्र कोठा खोजेको हो ? पहिला को घरबेटी ले किन निकाल्न खोजेको हो त्यो पनि भन्नु पर्‍यो नि ? पहिला को घर बेटि बाहुन जात को थियो जस्लाई मुद्दा गर्न तपाईं डराउनु भयो ? जे होस् जातिय कुरामा द्वोन्द नगरेकै राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर