राष्ट्रसंघीय बैठकलाई परराष्ट्रमन्त्रीको सम्बोधन : आर्थिक सहायताको प्रतिबद्धता पुरा गर्न विदेशी साझेदारहरुलाई ध्यानाकर्षण – Nepal Press

राष्ट्रसंघीय बैठकलाई परराष्ट्रमन्त्रीको सम्बोधन : आर्थिक सहायताको प्रतिबद्धता पुरा गर्न विदेशी साझेदारहरुलाई ध्यानाकर्षण

काठमाडौँ । अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोगको प्रतिबद्धता जनाएपनि पुरा नभएको भन्दै नेपालले विकास साझेदारहरुलाई पुनः भक्झकाएको छ । राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई भर्चुअल सम्बोधन गर्दै परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकामा जोड दिए ।

नेपालले अतिकम विकसित राष्ट्रमा विकासका लक्ष्य पुरा गर्न लगानी अभाव हुन नदिन साझेदारहरुलाई आग्रह गरेको हो । अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको राष्ट्रसंघस्थित नेपाली नियोगले जनाएको छ ।

अल्पविकसित देशहरुको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरुबाट लगानी हुनुपर्ने परराष्ट्रमन्त्री महासेठको भनाई थियो ।

विकाशसिल मुलुकमा नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउँदै मन्त्री महासेठले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोेतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने समेत बताए । राष्ट्रसंघको चालु महासभाबाट नेपाल विकासशिल मुलुकमा स्तरोन्नती हुने प्रस्ताव अनुमोदन हुने तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर