मेगा बैंकका ग्राहकले फोनबाटै २ लाख कर्जा पाउने – Nepal Press

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाख कर्जा पाउने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहलाई स्मार्ट फोनबाटै तत्कालै २ लाखसम्म कर्जा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रा.लिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।

यस सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम रु। २ लाख उपभोग गर्न सक्नेछन् ।

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले सो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमा नै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने छ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा आउन पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर