कोरोना संक्रमित कांग्रेस नेता विष्टको निधन – Nepal Press

कोरोना संक्रमित कांग्रेस नेता विष्टको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

कोरोना संक्रमण पुष्टी भएपछि उपचाररत विष्टको गएराती मेडिसिटी हस्पिटलमा निधन भएको हो ।

नेपाली कांग्रेस सुर्खेतको पूर्व सभापति समेत रहेका ६० वर्षीय विष्टलाई उपचारका लागि गत जेठ २६ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

विष्टको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन् । विष्टको निधनबाट पार्टीलाई अपुरणीय क्षति पुगेको देउवाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । उनी देउवा नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर