जगदम्बा स्टील उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु, ४ जना घाइते – Nepal Press

जगदम्बा स्टील उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु, ४ जना घाइते

काठमाडौं । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आज आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले बताए । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । घाइते चारजनामा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भिर अवस्था रहेका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *