खोप आपूर्तिमा कूटनीतिक सक्रियता तीव्र बनाउन राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन – Nepal Press

खोप आपूर्तिमा कूटनीतिक सक्रियता तीव्र बनाउन राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्र मन्त्रालयले खोप सहजीकरणमा कूटनीतिक सक्रियता बढाउन विदेशस्थित नियोगहरुलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री रघुवीर महासेठले शुक्रबार आयोजित नेपाली राजदूतहरुसँगको भर्चुअल बैठकमा उक्त निर्देशन दिएका हुन् ।

कोभिड-१९ को दोस्रो लहरसँग जुधिरहेको नेपाललाई तत्काल खोप र स्वास्थ्य सहायता जरुरी परेकाले सहजीकरणमा खट्न मन्त्री महासेठले निर्देशन दिएका थिए ।

१५ जुनमा पनि राजदूतहरुसँग छलफल गरेका मन्त्री महासेठले शुक्रबार दोस्रोपटक खोप आपूर्तिबारे छलफल चलाएका हुन् । राजदूतहरुले आफूहरुले खोप र स्वास्थ्य सामग्री आपूर्तिका लागि भैरहेको पहलबारे ब्रिफिङ गरेका थिए ।

मन्त्री महासेठले सहायता जुटाउन कूटनीतिक पहल तीव्र पार्न समेत निर्देशन दिएका थिए । सरकारले खोप आयातको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको छ ।

सरकारले अमेरिका, चीन, भारत, रुस, इजरायल, बेलायतसँग खोप आयात गर्न लबिइङ गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर