मेलम्ची बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद – Nepal Press

मेलम्ची बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद् पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न निर्देशन दिएको छ ।

प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने उल्लेख छ ।

उक्त कार्य गर्नेलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्थातर्फ प्रशासनले ध्यानाकर्षण गराएको छ ।

No description available.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर