‘फास्ट एन्ड फ्युरियस-९’ को विश्व प्रिमियर, मास्कबिनै स्टारहरु रेड कार्पेटमा (तस्विरहरु) – Nepal Press

‘फास्ट एन्ड फ्युरियस-९’ को विश्व प्रिमियर, मास्कबिनै स्टारहरु रेड कार्पेटमा (तस्विरहरु)

लस-एन्जल्स । कोरोनाभाइरस महामारीको कारण झन्डै एकवर्ष बन्द रहेको हलिउड फिल्म उद्योग लयमा फर्कने तयारीमा छ । खोप अभियान सुरु भएपछि लस-एन्जल्सका फिल्म हलहरु शतप्रतिशत अकुपेन्सीसहित संचालन हुनेतर्फ उन्मुख छन् ।

शुक्रबार बेलुका बहुप्रतीक्षित हलिउड फिल्म फास्ट एन्ड फ्युरियस ९ (एफ-नाइन)को विश्व प्रिमियर भएको छ । रेडड कार्पेट प्रिमियरमा फिल्मका स्टारहरु मास्कबिनै उपस्थित रहे । भिन डिजेल र उनका को-स्टारहरु प्रिमियरमा आकर्षण बने ।

एफ–नाइनको प्रिमियर हेर्दा यस्तो लाग्थ्यो, महामारीको कारण हुने भर्चुअल अवार्ड अब विस्तारै भौतिक अवार्डतर्फ केन्द्रित हुँदैछन् । गत महिना चीनमा समेत फास्ट एन्ड फ्युरियस रिलिज भएको थियो र तर, फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन ।महामारीको कारण यो फिल्म नेपाल र भारतमा समेत प्रदर्शन हुन सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *