राष्ट्रसंघको महासचिवमा गुटरेस पुनः नियुक्त, नेपालद्वारा बधाई ज्ञापन – Nepal Press

राष्ट्रसंघको महासचिवमा गुटरेस पुनः नियुक्त, नेपालद्वारा बधाई ज्ञापन

काठमाडौं । दोस्रो कार्यकालका लागि पुनःनियुक्त संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलार्ई नेपालले बधाइ दिएको छ ।

राष्ट्रसंघीय महासभाले शुक्रबार उनलाई २०२२ देखि सन् २०२६ सम्मका लागि महासचिवमा नियुक्त गरेको हो । दोस्रो कार्यकालको सफलताको कामना गर्दै नेपालले पनि बधाइ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१९३ सदस्य मुलुक भएको राष्ट्रसंघले सर्वसम्मतीले गुटरेसलाई नियुक्त गरेको हो । महामारी कायमै रहेको, मुलुकहरुबीच राजनीतिक खिचतानी बढेको र जलवायु परिर्वतको मुद्दा जटिल बनेको बेला गुट्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनको प्रशंसा भएको छ ।

राष्ट्रसंघका लागि नेपाली नियोगले पनि गुट्रेसलाई बधाइ सन्देश पठाउँदै दोस्रो कार्यकालमा नेपाल र राष्ट्रसंघको सम्बन्ध अझै सुद्धढ हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर