जो बेवारिसे कुकुरलाई उपचार गर्छन्, खाना खुवाउँछन् – Nepal Press

जो बेवारिसे कुकुरलाई उपचार गर्छन्, खाना खुवाउँछन्

रुपन्देही । बुटवलका २८ वर्षीय युवा दीपक रिजाल सडकमा बेवारिसे छाडिएका कुकुरहरूको खानपान र उपचारमा संलग्न छन् । रिजालसँग करिब ६ जना साथीह छन्, जसले अभियाननै अगाडि बढाइरहेका छन् । भेटेनरी डाक्टर सुदीक्षा पण्डित र केशव लम्सालले प्राविधिक सहयोग गरिरहेका छन् ।

‘बेवारिसे कुकुरसहितका अन्य जनावर बजारमा छोडिँदा उनीहरूले समयमा खान पाउँदैनन् र थप अस्वस्थ बन्दै जान्छन् । यसबाट विभिन्न खालका रोग सर्ने हुन्छन् । त्यो रोक्न यस प्रकारको अभियानको थालनी गरेका हौं,’ रिजालले भने ।

रुपन्देहीमा उनको नेतृत्वमा अल केयर नेपाल नामक संस्था बनाएर यो काम भइरहेको छ । यो संस्थाले बुटवल र तिलोत्तमा क्षेत्रका वेवारिशे कुकुर, बिराला तथा दुर्घटना र अन्य कारणले अपांग भएका गाईगोरुहरूको खानाको व्यवस्थापनसँगै उपचार गरिरहेको छ ।

बुटवल तथा तिलोत्तमा क्षेत्रका सडकमा एक वर्षदेखि कुकुर तथा गाईगोरुहरूको उपचार एवं स्याहार पनि भइरहेको छ ।

सानो छँदासम्म मायाले पाल्ने र बुढो भएपछि छाडा छाड्ने प्रचलनले गाईगोरु एवं कुकुरहरुको संख्या बढिरहेको उनले बताए । उनी भन्छन्, ‘सानोमा ल्याएर पालेको कुकुरलाई घरकै सदस्य गरी राख्ने तर जब बिरामी भएर उपचारमा खर्च गर्ने बेला हुन्छ, छाडा छोड्ने नगरौँ । यसले छाडा जनावरको संख्या त बढाउँछ नै जोखिम पनि बढ्दै जान्छ ।’

एक वर्षको समयमा करिब २ सय कुकुरको उपचार गरिएको र विश्व रेविज दिवसकै दिनमा मात्रै बुटवल तथा तिलोत्तमा क्षेत्रका १ सयभन्दा बढी कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको बताए ।

‘हामीले कतै दुर्घटनामा परेका वा केही रोग लागेर दुःख पाएका जनावरहरूबारे आएको सूचनाको आधारमा उपचार गरिरहेका छौँ । हामीसंग भेटेनरी डाक्टर पनि हुनुहुन्छ,’ उनले भने ।

अल केयर नेपालले बुटवलको ईट्टभट्टीदेखि होराइजन चोकसम्मका करिब ४० कुकुरलाई बेलुका मासु भात खुवाइरहेको रिजालको भनाइ छ । दैनिक ४ केजी चामल र ४ केजी कुखुराको खुट्टा र टाउको पकाएर खुवाउने गरेका छन् ।

आफ्नो अभियानमा अहिले उपचार गर्ने कुकुर तथा जनावरहरूलाई राख्नको लागि तिलोत्तमा नगरपालिकाले केही जग्गा दिन लागेको बताउँदै यो सम्भव भएमा टहरो बनाएर उपचार गरिने बताए । कुनै कारणले समस्यामा परेका गाईहरुलाई आवश्यक उपचार गरी गौशालालाई हस्तान्तरण गर्ने गरेको बताए ।

‘होटलहरूमा प्रयोग हुने बोनलेसबाट बँचेको हड्डीहरू हामीलाई स।हयोग गरेमा पनि सहयोग हुने थियो,’ उनको आशा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर