हिन्दू स्वयंसेवक संघ नेपालद्वारा बाढी पीडितका लागि राहत – Nepal Press

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा बाढी पीडितका लागि राहत

सिन्धुपाल्चोक । जिल्लामा गएको भीषण बाढीका कारण विस्थापित हुन पुगेका जिल्लावासीका लागि राहत समाग्री पठाइएको छ । हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिम्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय केशव धामबाट राहत सामग्रीसहित संघका स्वयंसेवकहरूको एउटा टोली हेलम्बुतर्फ प्रस्थान गरेको छ ।

राहत सामग्रीमा कम्बल, तिरपाल, ग्यास चुल्हो, चामल-दाल-तेलसहित खाद्यान्न, थरमस, थाली, गिलास आदि सय-सय थान पठाइएका छन् । हिन्दू स्वयंसेवक संघ नेपालका साथै सेवा इन्टरनेशनल नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल अभियान, लायन्स क्लब काठमाडौँ समर्पण, माहेश्वरी समाज लगायत विभिन्न सेवाभावी संघ-संस्थाद्वारा संग्रह गरिएको राहत सामग्री हेलम्बु पठाइएको हो ।

सह संघचालक तिम्सिनाले भने, ‘अविरल वर्षासँगै मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका ६ सयभन्दा बढी परिवार घरबारविहीन भएको तथ्य विभिन्न सञ्चारमाध्यमबाट जानकारीमा आएको छ । समाजका बन्धु-बहिनीहरू पीडित भएको यस अवस्थामा संघ विचार परिवारका तर्फबाट पहिलो खेपमा हामीले अत्यावश्यक सामग्री हेलम्बुतिर लिएर जाँदैछौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *