महाकाली लगायत अन्य नदी आसपास बस्नेहरूलाई सतर्कता अपनाउन आग्रह – Nepal Press

महाकाली लगायत अन्य नदी आसपास बस्नेहरूलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । महाकाली नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन जन तथा मौसम विभागले आग्रह गरेको छ ।

शनिबार बिहान ६ : ३० बजे महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय डुबान भइरहने होचा स्थानमा रहेकालाई सांझसम्म सतर्कता अनपाउन विभागले सूचना जारी गरेको हो ।

असार लागेसँगै वर्षाका कारण देशका विभिन्न ठाउँ पहिरो तथा बाढीबाट प्रभावित भएका छन् । महाकालीसँगै  कोशी,कर्णाली,कन्काई,पश्चिम राप्ती,बबई जलाधारका केही स-साना सहायक नदीमा क्षणिक वर्षाका कारण बहाब बढ्दो छ । विभागले सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन  आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर