‘हार्ट–स्टार्टिङ्ग डिभाइस’ शरीरमा फिट गरेर अस्पतालबाट डिस्चार्ज भए एरिकसन – Nepal Press

‘हार्ट–स्टार्टिङ्ग डिभाइस’ शरीरमा फिट गरेर अस्पतालबाट डिस्चार्ज भए एरिकसन

काठमाडौं । डेनिस फुटबलर क्रिस्टियन एरिकसन ‘हार्ट–स्टार्टिङ्ग डिभाइस’ शरीरमा फिट गरेर अस्पतालबाट डिस्चार्ज भएका छन् । अघिल्लो शुक्रबार डेनमार्क र फिनल्यान्डबीचको खेलका दौरान २९ वर्षीय एरिकसन कार्डिक एरेस्टको शिकार भएर मैदानमै ढलेका थिए ।

उनी शुक्रबार घर फर्किएका छन् । उनले आफ्नो स्वास्थ्य लाभका लागि आएका सबै शुभकामनाका लागि धन्यवाद दिएका छन् ।

‘मेरो स्वास्थ्य लाभका लागि आएका सबै शुभकामनाका लागि धन्यवाद्’ उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अप्रेसन राम्रो भयो । र, मलाई पनि सुधारिएको महसुस भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर