नेपाली स्याटेलाइट अबको ७१ दिनमा नष्ट हुने – Nepal Press

नेपाली स्याटेलाइट अबको ७१ दिनमा नष्ट हुने

काठमाडौं । अन्तरीक्षमा पठाइएको नेपाली स्याटेलाइट स्याट-१ अबको ७१ दिनमा जलेर नष्ट हुने भएको छ ।

जापानको क्युटेक विश्वविद्यालयमा स्याटेलाइटसम्बन्धी विषयमा पीएचडी गरिरहेका नास्टका इन्जिनियर हरिराम श्रेष्ठले अगस्ट २४ मा नेपाली स्याटेलाइट जलेर खरानी हुने जनाए ।

उक्त नेपाली स्याटेलाइटले गत बिहीबार अन्तरीक्षमा दुई वर्ष पुरा गरेको छ । नेपालको पहिलो स्याटेलाइटले ६ महिना काम गर्न सक्ने बताइएको थियो । सन् २०१९ को जुन १७ मा स्याटेलाइट अन्तरीक्षमा पठाइएको थियो ।

पृथ्वीको सतहदेखि ४२० किलोमिटरको उचाइमा घुमिरहेको नेपाली ध्वजाबाहक स्याटेलाइट पछिल्लो समय पृथ्वीतर्फ खसिरहेको छ । स्याट-१ ले अन्तरीक्षमा ७३० दिन बिताइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *