बेरोजगार युवाहरुलाई कृषिमा क्रान्ति ल्याउन कुनै कसर बाँकी राख्नुहुन्न : कृषिमन्त्री साह (भिडियाे) – Nepal Press

बेरोजगार युवाहरुलाई कृषिमा क्रान्ति ल्याउन कुनै कसर बाँकी राख्नुहुन्न : कृषिमन्त्री साह (भिडियाे)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागू गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन् ।

शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएकी हुन् ।

उनले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताइन् । उनले भनिन्,‘हाम्रो किसानहरुको सुचिकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारत्ः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने । त्यो कहिलेसम्म मिलाउन सकिने हो । हामी सबै चिन्तित छौँ ।’

उनले भुउपयोगको नीति नीतिगत रुपमा लागू भएको पनि बताइन् । मन्त्री साहले भनिन्‘भूउपयोग नीति सायद कृषिकै हितमा पनि हुनेछ । आम किसानकै हितमा हुनेछ भन्ने मलाई विश्वास छ । भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर जाने हो भने सायद जग्गाहरु खण्डीकरण गरेर शहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ । यसलाई व्यवहारत्ः कडाइका साथ भुउपयोग नीति सँगसँगै कृषिमा जोड दिन अगाडी बढ्नु जरुरी छ ।’

मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्ने समेत थपिन् । कृषि क्रान्तिको लागि कुनै कसर बाँकी राख्नुनहुने उनको भनाई छ ।

उनले भन्छिन्,‘लाखौँ युवाहरु जो बेरोजगार भएर बसेर बाध्य भएर बाहिर गएका छन् । त्यसलाई रोक्नको लागि पनि कृषिमा क्रान्ति ल्याउनु जरुरी छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *