बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटाकुट: एक जनाको मृत्यु – Nepal Press

बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटाकुट: एक जनाको मृत्यु

रुपन्देही । रुपन्देहीकाे कोटहीमाई गाउँपालिका- २ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटपिट हुँदा एक जनाकाे मृत्यु  भएकाे छ । कुटपिटबाट घाइते भएका  ६५ वर्षीय साधु यादवको बिहीबार राति मृत्यु भएको हाे ।

छिमेकीबीच कुटपिट हुँदा ८ जना घाइते भएको थिए । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ ।

कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *