युवा संघद्वारा छोटो फिल्म प्रतिस्पर्धा आह्वान – Nepal Press

युवा संघद्वारा छोटो फिल्म प्रतिस्पर्धा आह्वान

काठमाडौं । निषेधाज्ञामा युवाहरुको प्रतिभालाई सघाउन राष्ट्रिय युवा संघ नेपालले छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरेको छ ।

संघका अध्यक्ष किरण पौडेलले शुक्रबार वक्तव्य जारी गर्दै ‘म केही गर्छु’ शीर्षकमा छोटो फिल्म प्रतियोगिता आयोजना गरिएको जनाएका छन् ।

उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन विषयमा केन्द्रित रही ५ मिनेटको फिल्म निर्माण आह्वान गरिएको हो ।

प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।

लकडाउनले घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग, प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिस्पर्धा आयोजना गरिएको संघले जनाएको छ ।

इच्छुकले असार २५ गतेसम्म ‘म केही गर्छु’ शीर्षकमा स्क्रिप्ट [email protected] ठेगानामा इमेल पठाउनुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर