अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप – Nepal Press

अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झडप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण गरिरहेका बेला माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो ।

राहत वितरण भइरहेको ठाउँमा गएर अखिल क्रान्तिकारीका नेताहरुले जबरजस्त अनेरास्ववियुको ब्यानर झिकेर आफ्नो ब्यानर राख्न खोजेपछि स्थिति तनावपूर्ण भएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य चन्द्र थिङले बताए ।

अखिल क्रान्तिकारीका जिल्ला नेताद्वय तोकबहादुर लामा, क्षितिज लामा, वाइसियल जिल्ला सचिव प्रल्हाद चौलागाईँलगायतका माओवादी कार्यकर्ताले जबरजस्त राहत वितरण विथोल्न खोजेपछि झडपको स्थिति आएको हो । ‘राहतको नाममा अनेरास्ववियुले राजनीति गरेको’ भन्दै माओवादी कार्यकर्ताले ब्यानर झिक्न खोजेको र अनेरास्ववियु प्रतिकारमा उत्रेपछि केहीबेर दोहोरो झडप भएको थिङको भनाइ छ ।

करिब आधा घण्टा झडप भएपछि प्रहरीले स्थितिलाई साम्य बनाएको थियो । अनेरास्ववियुको केन्द्रीय टोली बुधबार राहत सामग्री लिएर मेलम्ची पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर