बाढीपीडितको उद्दारमा यसरी खटिएको छ नेपाली सेना (तस्बिरहरू) – Nepal Press
बाढीपीडितको उद्दारमा यसरी खटिएको छ नेपाली सेना (तस्बिरहरू)
नेपाल प्रेस २०७८ असार ३ गते २१:१७
२०७८ असार ३ गते २१:१७

काठमाडौं । बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी-पहिरो र डुबानबाट प्रभावित विभिन्न जिल्लाका स्थानमा नेपाली सेनाले खोज तथा उद्वारकार्य जारी राखेको छ ।

बुधबार मात्र काभ्रेपलाञ्चोकमा तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खट्टिएको टोलीले १ जना नेपाली र ३ जना चिनीया नागरिकको उद्धार गरेको छ । कास्कीको मादी गाउँपालिका-२ मा निर्माणाधिन सुपरमादी जलविद्युत आयोजनाको कलबन्दीमा सुरुङ्ग निर्माण कार्य भईरहेको अवस्थामा अलपत्र परेका १ सय ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याउन सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।

यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका-२, स्थित स्थानीय १ घरमा पहिरोले क्षति पुर्याएकोले खोज तथा उद्धार कार्यमा सहयोग गरेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढि पहिरो प्रभावित स्थानीयलाई विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री नेपाली सेनाको हेलिकप्टरद्वारा ३ चरणमा काठमाण्डौंबाट मेलम्चीसम्म ढुवानी गर्न, स्थानीयलाई राहत वितरण गर्न साथै वासस्थान निर्माण गर्न सहयोग गरेको छ ।

मनाङ्गको चामेस्थित सिरनताल ईलाकाबाट २४ जना तथा थोंचे ईलाकाबाट ११ जना गरी जम्मा ३५ जना बाढी र पहिरोबाट प्रभावितलाई हेलिकप्टरद्वारा सुरक्षित स्थानमा पुयाएको छ ।

यस्तै म्याग्दीको मंगला गाउँपालिका-४ का ६० वर्षका भिमकला बुढा मगर पहिरोमा पुरिएर सिकिस्त घाईते भएकोले थप उपचारको लागि हेलिकप्टरबाट पोखरा पुर्याएको छ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीको कारण भत्किएका र पुरिएका ११ वटा घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको पनि सेनाले जनाएको छ ।