बुङ्‍मतीका व्यस्त किसान – Nepal Press
बुङ्‍मतीका व्यस्त किसान
फोटो फिचर
निशान्त सिंह गुरुङ्ग २०७८ असार ३ गते १७:०२
२०७८ असार ३ गते १७:०२

काठमाडौं । मनसुन भित्रिएसँगै खेतबारीमा किसानको व्यस्तता पनि बढेको छ ।

मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ । केहीदिन लगातार पानी परेपछि उपत्यका आसपासका क्षेत्रमा कृषकहरूको खटाइको दृष्यले मन्त्रमुग्ध बनाउँछ ।

ललितपुर बुङ्‍मतीका किसानहरू झरीमा रुझ्दै बीउ गोड्ने, काढ्ने, हिलोआली र रोपाइँमा व्यस्त देखिएका छन् ।