झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट – Nepal Press

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट

काठमाडौं । नेप्से परिसूचक आज १.२९ अंकले घट्दै २९६८.४३ विन्दुमा रोकिएको छ ।

आज २ करोड ३ लाख ६५ हजार ६९९ कित्ताको सेयर किनबेचमा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रूपैयाँ कारोबार भयो । पछिल्ला केही हप्ताको कारोबार रकमको तुलनामा यो कारोबार ५/६ अर्बले कम हो । हिजो साढे १५ अर्ब बराबरको कारोबार भएको थियो ।

जोखिममा रहेको भनी धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ कम्पनीमध्ये केहीको सेयर भने उच्च अंकले बढेको छ । खानीखोला हाइड्रोपावर, नेपाल फाइनान्सलगायत केही कम्पनीको सेयर मूल्य ६ प्रतिशतसम्म वृद्धि भएको हो । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढ्यो । सीईडीबी कम्पनीको सेयर करिब ७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ७६ करोडको कारोबार भयो । विकास बैंक समूहको सेयर मूल्य २.४ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स कम्पनीको सेयर १.१९ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर