पानीको उपद्रो : जलमग्न मेलम्ची (फोटोफिचर) – Nepal Press
पानीको उपद्रो : जलमग्न मेलम्ची (फोटोफिचर)
नेपाल प्रेस २०७८ असार २ गते २०:०४
२०७८ असार २ गते २०:०४

काठमाडौं । बारम्बार प्राकृतिक प्रकोप सहँदै आएको सिन्धुपाल्चोक जिल्ला फेरि बाढीको चपेटामा परेको छ । हिजो साँझबाट सुरु भएको बाढी-पहिरोले जिल्लाका विभिन्न स्थानहरु जलमग्न छन् ।

बाढीले भएका मानवीय तथा भौतिक क्षतिको विवरण भने अझै पनि प्रष्ट भएको छैन । तर, पचासभन्दा बढी मानिसहरु बेपत्ता भएको बताइएको छ । बाढीले कयौं पक्कीपुलहरु बगाएको छ भने बस्तिहरु डुबानमा परेका छन् ।

नेपाली सेनाले आज विहानैदेखि हेलिकोप्टरमार्फत उद्दार सुरु गरेको थियो ।