एमाले एकताको प्रयास चलिरहेका बेला माधव नेपाल भेट्न बाबुराम पुगे कोटेश्वर – Nepal Press

एमाले एकताको प्रयास चलिरहेका बेला माधव नेपाल भेट्न बाबुराम पुगे कोटेश्वर

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच कोटेश्वरमा भेटघाट भएको छ ।

नेता नेपाललाई भेट्न आज अपरान्ह भट्टराई उनकै निवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा रहेका दलका नेताबीच दीर्घकालीन साझेदारीका लागि छलफल चलिरहँदा भट्टराई र नेपालबीच भेटघाट भएको हो ।

पार्टी एकताको पक्षमा एमाले शीर्ष तथा दोस्रो तहका नेताले आव्हान गरिरहेको बेला नेपाल र भट्टराईले छलफल गरेका हुन् ।

एमालेमा एकताको प्रयास अघि बढिरहेका बेला माधव नेपाल विपक्षी गठबन्धन र आफ्नै समूहको दबाबमा छन् । झलनाथ खनालले पार्टी एकताका पक्षमा वक्तव्य निकालेर उपचारका लागि दिल्ली गए लगत्तै नेपाललाई भेट् बाबुराम कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । माधव नेपाल समूहमै पनि केपी ओली जेठ २ को अवस्थामा फर्किएको अवस्थामा एकता हुने वा नहुने भन्ने मतभेद छ । ओलीले साबिक एमालेको स्थायी कमिटी बैठक बोलाउने सहमति जनाए पनि नेपाल पक्षले स्वीकार नगरेका कारण बुधबार बस्ने भनिएको बैठक स्थित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर