उपचारका लागि भारत जानुअघि झलनाथले भने– अंहकार त्यागौ, एमाले जागाऔं – Nepal Press

उपचारका लागि भारत जानुअघि झलनाथले भने– अंहकार त्यागौ, एमाले जागाऔं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले रिस,राग,अहंकार र बदलाभाव त्यागेर पार्टीलाई फुटबाट बचाउन आह्वान गरेका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या भई थप उपचारका लागि भारत जानुअघि विज्ञप्ति जारी गर्दै नेता खनालले सयौं शहीदहरुको बलिदान र संघर्षबाट नेकपा एमाले आजको अवस्थासम्म आइपुगेको स्मरण गराएका छन् ।

नेता खनालले आफैभित्रका गलत प्रवृत्ति , बदलाको भाव र इगोका कारण पार्टीमा संकट बढेको भन्दै एकताले सफलता र फुटले विनाश निम्त्याउने औल्याएका छन् ।

‘विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट विनाशको । त्यसैले रिस, राग, अंहकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु’, खनालले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर