साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल – Nepal Press

साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल

काठमाडौं । युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगलले मंगलबार भएको समूह ‘एफ’को पहिलो खेलमा हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।

हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे ।

पहिलो हाफमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पहिलो गोल गरेको थियो ।

राफा सिल्भाको पासमा राफेल गुरेरोले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार हंगेरीका डिफेन्डर विली ओर्बानलाई ठोकिएर गोलमा परिणत भएको थियो ।

त्यसको तीन मिनेट नबित्दै राफा सिल्भामाथि हंगेरीका डिफेन्डरले पेनाल्टी एरियामा फाउल गरेपछि पोर्चुगलले स्पटबाट अग्रता दोब्बर पार्ने मौका पाएको थियो ।

सोही मौकाको सदुपयोग गर्दै स्टार फरवार्ड रोनालेडोले युरोपियन फुटबल च्याम्पियनसिपको इतिहासकै महत्त्वपूर्ण गोल गरे । ८५ मिनेटसम्म सम्हालिएको हंगेरीले अन्तिमको १० मिनेट सम्हालिन नसक्दा तीन गोल खायो ।

इन्जुरी समयमा गोलमेसिन रोनाल्डोले पुन: गोल गर्दै साविक विजेताका लागि ३-० को जित सुनिश्चित गरे ।


प्रतिक्रिया

One thought on “साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर