नेपाललाई खोप माग्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली (तस्विरहरु) – Nepal Press

नेपाललाई खोप माग्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली (तस्विरहरु)

लन्डन । कोभिड-१९ महामारीविरुद्ध नेपाललाई तत्काल सहायता प्रदान गर्न आग्रह गर्दै मंगलबार लन्डनमा र्‍याली प्रदर्शन भएको छ । गोर्खा सैनिक संगठनले आयोजना गरेको र्‍याली प्रदर्शनमा अन्य नेपाली समुदाय पनि सहभागि थिए ।

उनीहरुले तत्काल नेपाललाई खोप लगायतका स्वास्थ्य सहायता उपलब्ध गराउनुपर्ने र समान पेन्सन प्रदान गर्नुपर्ने लगायतका माग गरेका थिए । उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिट अघि पनि प्रदर्शन गरेका थिए ।

गतसाता बेलायती सांसदहरुले पनि नेपाललाई सहायता उपलब्ध गराउन दबाब दिँदै विदेशमन्त्री डोमिनिक रावलाई अपिल गरेका थिए । प्लेकार्ड र नारासहित उनीहरुले बेलायती राजधानीमा प्रदर्शन गरेका हुन् ।

तस्विरहरु : लेक्स लिम्बु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर