प्रदेश १ मा साढे ३२ अर्बको बजेट, पूर्वाधारमा १३ अर्ब (पूर्णपाठसहित) – Nepal Press

प्रदेश १ मा साढे ३२ अर्बको बजेट, पूर्वाधारमा १३ अर्ब (पूर्णपाठसहित)

इटहरी । आर्थिक बर्ष २०७८/७९ को लागी प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । बजेटको ४६.३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ भने १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत चालु खर्च रहेको छ ।

यस्तै स्थानीय तहमा वित्तिय हस्तान्तरणमा ३ अर्ब २२ करोड ४३ लाख रहेको छ भने बित्तिय व्यवस्थातर्फ ३ करोड रहेको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङले बजेट बक्तव्यमा बताएका छन् ।

प्रदेश १ सरकारले गत आर्थिक बर्षमा ल्याएको भन्दा यो बजेट ८ अर्ब हाराहारी कम हो । गत आर्थिक बर्ष २०७७/७८ को लागी ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश सरकारले ल्याएको थियो ।

प्रदेश सरकारको बजेटले पुर्वाधार र स्वाथ्य क्षेत्रमा सबैभन्दा धेरै विनियोजन गरिएको छ । प्रदेश सरकारले ल्याएका विभिन्न सडक, पक्की पुल लगायतका सडक तथा अन्य पुर्वाधारको लागि १३ अर्ब २१ करोडको बजेट रहेको छ । यस्तै स्वाथ्य क्षेत्रको लागी ३ अर्ब २५ करोड बजेट विनियोजन भएको छ ।

स्वाथ्य क्षेत्रमा प्रदेश १ का सबै नागरिकहरुलाइ निशुल्क कोभिड भ्याक्सिन लगाउनेदेखि अस्पताल तथा स्वाथ्यकर्मीको क्षमता बढाउने कार्यक्रमहरु रहेका छन् । कोभिडको परीक्षणको दायरा बढाउने, उपचारको व्यवस्था, स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि र अतिरिक्त तलबभत्ता दिने बजेटमा उल्लेख गरिएको छ ।

मेचीमा २ सय शैया, धनकुटा र पाँचथरलाई १ सय शैया अस्पताल निर्माण प्राथामिकता बजेटमा समेटिएका छन् । यस्तै अस्पतालहरुमा आइसियु सिसियु र आफ्नै अक्सिजन भन्डारण र उत्पादन गर्ने बजेटमा उल्लेख छ ।

हाल विराटनगरमा सञ्चालनमा रहेको कोभिड अस्पताललाई कोभिड महामारीपछि प्रदेश प्रसुती तथा स्त्री रोग अस्पतालमा रुपान्तरण हुने बजेटमा उल्लेख छ । बैकल्पिक उपचार, योग, ध्यानलगायतका क्षेत्रमा समेत बजेटले लगानी गर्ने बताएको छ ।

पुर्वाधार र स्वाथ्य क्षेत्रमा सबैभन्दा धेरै प्राथामिकता दिइएको बजेटमा अन्य नियमित कार्यक्रमहरुको समेत निरन्तरता दिइएको छ । वन तथा वातावरण क्षेत्रमा १ अर्ब ३६ करोड, पर्यटन क्षेत्रमा ८३ करोड ३८ लाख, उद्योग वाणिज्य क्षेत्रको लागी १८ करोड, कृषि क्षेत्रको २ अर्ब ९० करोड, युवा तथा खेलकुद क्षेत्रमा १६ करोड बजेट विनियोजन भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समावेशीकरणको लागी २१ करोड २७ लाख, शिक्षा क्षेत्रमा १ अर्ब १९ करोडको बजेट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर