गण्डकी सरकारले गम्भीर रोगका विरामीलाई मासिक चार हजार उपचार खर्च दिने – Nepal Press

गण्डकी सरकारले गम्भीर रोगका विरामीलाई मासिक चार हजार उपचार खर्च दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले कमजोर आर्थिक अवस्था भएका क्यान्सर, अल्जाइमर, मुटुरोग, मिर्गौलालगायतका गम्भीर विरामीको उपचारका लागि मासिक चार हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

यससँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेश अस्पतालमा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई निशुल्क उपचार गराउने घोषणा गरेका छन् ।

त्यस्तै प्रदेशभरका जिल्ला अस्पताललाई ५० शैय्या र धौलागिरी अस्पताललाई २ सय शैय्या हुने गरी स्तरोन्नति गरिने पोखरेलले बताए । बजेट वक्तव्यमा उनले स्वास्थ्य स्वयम् सेविकालाई वार्षिक ६ हजार प्रोत्साहन भत्ता उपल्व्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै उनले ढुङ्गा, बालुवा र माटोलगायतका बस्तु उत्खनन् नियन्त्रण गर्ने उत्खनन्मा नियन्त्रण गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर