अन्तर्राष्ट्रिय समुदायलाई ओलीको सन्देश : कोरोना नियन्त्रणमा आउन लाग्यो, खोप चाहिएको छ – Nepal Press

अन्तर्राष्ट्रिय समुदायलाई ओलीको सन्देश : कोरोना नियन्त्रणमा आउन लाग्यो, खोप चाहिएको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गरेका छन् । पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई लगाइसक्ने लक्ष्य लिएको उनले बताए ।

अमेरिकी संचारमाध्यम सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भाइरस नियन्त्रणमा आए पनि तत्काल खोपको जरुरी भएको बताएका हुन् । उनले भने, ‘मुलुकमा ७५ प्रतिशतले भाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । बाँकी संक्रमणका लागि हामीले काम गरिरहेका छौं ।’

दोस्रो लहरमा नेपालमा अक्सिजन र बेड अभाव भएको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो हुन नदिन सरकारले काम गरिरहेको उनले उल्लेख गरे । ‘हाम्रो जनसंख्या ३ करोड मात्र छ । केही नागरिक समूहलाई हामीले खोप लगाइसकेका छौं’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर