नारायणकाजीको टिप्पणी- निर्वाचन आयोग सरकारको कठपुतली बन्यो – Nepal Press

नारायणकाजीको टिप्पणी- निर्वाचन आयोग सरकारको कठपुतली बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टीमा दुवै पक्षले गरेको कारवाहीलाई अमान्य घोषित गर्दै दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसलापछि श्रेष्ठले सो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो ।’

राजनीतिक पार्टीहरूले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थितिको अन्त्य गर्नुपर्ने श्रेष्ठको जोड छ ।

श्रेष्ठले भनेका छन्, ‘लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर