भारतमा मंगलबार २७ सयको मृत्यु, ७५ दिनयताकै कम संक्रमित – Nepal Press

भारतमा मंगलबार २७ सयको मृत्यु, ७५ दिनयताकै कम संक्रमित

दिल्ली । भारतमा मंगलबार ६० हजार ४७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कूल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोनाभाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख भन्दा बढी कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोनाभाइरस संक्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना सुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर