एमालेले कारवाही फिर्ता नगरेसम्म स्वतन्त्र सांसदको हैसियतमा बस्ने सांसद शाहीको भनाइ – Nepal Press

एमालेले कारवाही फिर्ता नगरेसम्म स्वतन्त्र सांसदको हैसियतमा बस्ने सांसद शाहीको भनाइ

सुर्खेत । कर्णालीका पुनर्वहाली एमाले सांसद कुर्मराज शाहीले आफूहरू अहिले स्वतन्त्र सांसदको रूपमा रहेको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका शाहीले पार्टीले कारवाही फिर्ता नगरेसम्म आफूहरू स्वतन्त्र सांसदको हैसियतमा रहने बताएका हुन् ।

‘एमाले संसदीय दलबाट हटाउने समयमा पत्र पठाइएको थियो । पुनर्वहाली भएको पत्र पनि हाम्रो हातमा आउला नि । अहिलेसम्म आइपुगेको छैन ’,उनले भने, ‘हामीलाई नेकपा एमालेले पार्टीको साधारण सदस्यबाट कारवाही गरेर हटाएको थियो । त्यो पनि अहिलेसम्म के भएको छ जानकारी भएको छैन । दलले पुनर्वहाली भएको सूचना प्रदेशसभालाई दिएपनि पार्टीले कारवाही लिएको सूचना हामीसँग आइपुगेको छैन । तसर्थ अहिले हामी नेकपा एमालेका तर स्वतन्त्र सांसदको हैसियतमा छौं । भोलिको बैठकमा स्वतन्त्र सांसदको हैसियतमा प्रदेश सभामा जान्छौं ।’

उनले संसदीय दलले मन्त्री अम्मर थापालाई अपराधी करार गरेको भन्दै शुरूमा त्यो कारवाही फिर्ता हुनुपर्ने माग गरे । शाहीले भने, ‘हाम्रा एक सांसद थापालाई अपराधी घोषणा गर्दै प्रदेशसभामा आउन रोक लगाएका छन् । हामी प्रदेशसभामा गएका छैनौं ।’

उनी भन्छन्, ‘एमालेबाट कारवाही गरिएको भनेपछि कारवाही फिर्ता लिनुपर्ने हो । अहिले हामी कुन आधारमा एमालेको रोमा बस्न जाने ?’ उनले आफूहरू नेकपा एमालेकै जिम्मेवार कार्यकर्ता भएको बताउँदै यसबारेमा पार्टी केन्द्रमा उच्च नेताबीच सहमति हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर