सोमबार २९ सय कोभिड बिरामी थपिए, ५३ जनाको मृत्यु – Nepal Press

सोमबार २९ सय कोभिड बिरामी थपिए, ५३ जनाको मृत्यु

५,१४७ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,९१८ जना कोभिड बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४३८ पीसीआर र ५,३८१ एन्टीजेन नमुना परीक्षण गर्दा संक्रमित थपिएका हुन् । परीक्षण गर्दा संक्रमण दर १८.९ प्रतिशत छ ।

सोमबार ५३ जनाको मृत्यु भएको छ । मृत्युदर १.३९ प्रतिशत छ । ५,१४७ जना निको भएका छन् । निको हुने दर ८७.८ प्रतिशत छ ।

पीसीआर परीक्षण गर्दा सक्रिय संक्रमित संख्या ६५ हजार ८०४ पुगेको छ । पीसीआर परीक्षणमा कूल संक्रमित संख्या ६ लाख १० हजार पुगेको छ भने एन्टीजेनमा २१ हजार ३३९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर