कर्णाली प्रदेश : कांग्रेस सांसदले भने – मुख्यमन्त्रीको लागि एमालेलाई शुभकामना – Nepal Press

कर्णाली प्रदेश : कांग्रेस सांसदले भने – मुख्यमन्त्रीको लागि एमालेलाई शुभकामना

सुर्खेत । नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले मुख्यमन्त्री भएको हेर्न पाइयोस् भन्दै नेकपा एमालेलाई शुभकामना दिएका छन् ।

प्रदेशसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता शाहीले प्रमुख प्रतिपक्षी दललाई शुभकामना दिएका हुन् । यस प्रदेशमा कांग्रेस सत्ता साझेदार दलको रूपमा छ ।

एमालेका चार सांसद पुनर्वहाली भएकोतर्फ ईंगित गर्दै नेता शाहीले एमालेका सांसदलाई आफूहरूले जबर्जस्ती नराखेको, उनीहरुलाई जान नरोकेको बताए । ‘कानूनीरूपमा दलीय संरचना बदलिएको छ । उनीहरूलाई सरकारले अपहरण शैलीमा मन्त्री खाइदिन अनुरोध गरिएको छैन’, शाहीले भने ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रतिपक्षीको रोमा आएर बस्न आफ्ना सांसदलाई ह्वीप जारी गरेका थिए ।

शाहीले सदनमा भने, ‘रोष्टममा उभिएको खण्डमा खबरदार भनेर ती मन्त्रीलाई नबोल्न एमालेले नै भनेको हो । एकजनालाई अपराधी नै हो यहाँ नल्याउनु होला भनेर भन्नु भयो त्यो सहमति हामीले गरेका थियौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर