धनुषामा फेरि थपियो निषेधाज्ञा, अत्यावश्यक पसलहरु विहान ११ बजेसम्म खोल्न पाइने – Nepal Press

धनुषामा फेरि थपियो निषेधाज्ञा, अत्यावश्यक पसलहरु विहान ११ बजेसम्म खोल्न पाइने

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख २२ गतेदेखि पटक पटक निषेधाज्ञाको म्याद थपिएको थियो ।

आज राति १२ बजेदेखि निषेधाज्ञा सकिन लागेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले सात दिनको समयावधि थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको समयावधि बढाएपनि केही नियम परिवर्तन गरेको छ ।

अब विहान ११ बजेसम्म पसलहरु सञ्चालन गर्न दिने निर्णय भएको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनले अनुसार स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

विहान ११ बजेपछि खोल्ने पसलका प्रोपराइटर र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

यसअघि विहान ६ बजेदेखि ९ बजेसम्म मात्र अत्यावश्यक पसलहरु सञ्चालन गर्न दिइएको थियो । जनकपुरधाम उद्योग बाणिज्य संघको आग्रहमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर