सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई एमालेले कारवाही गर्ने – Nepal Press

सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई एमालेले कारवाही गर्ने

रुपन्देही । नेकपा एमाले छाडेर माओवादी केन्द्रमा लागेकी गरेकी लुम्बिनी प्रदेश सांसद विमला वलीलाई नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले कारवाही गर्ने भएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएको भन्दै एमाले संसदीय दलले सांसद ओलीलाई कारबाही गर्न लागेको प्रमुख सचेतक भुमीश्वर ढकालले बताए । वलीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको ढकालले जानकारी दिए ।

दाङबाट उपनिर्वाचनमा विजयी सांसद वलीले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल पुनःनियुक्ति भएपछि माओवादी केन्द्र प्रवेश गरेको घोषणा गरेकी थिइन् । एमाले र माओवादी एकता भएर बनेको तत्कालीन नेकपाबाट उनले उपनिर्वाचनमा सूर्य चुनाव चिह्नबाट चुनाव जितेकी हुन् ।
वामगठबन्धनबाट निर्वाचित विमलाका श्रीमान् उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछि विमलालाई उपनिर्वाचनमा उठाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर