पुनर्वहाली भएका सांसदलाई प्रतिपक्षको सिटमा बस्न कँडेलको चेतावनी – Nepal Press

पुनर्वहाली भएका सांसदलाई प्रतिपक्षको सिटमा बस्न कँडेलको चेतावनी

सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा एमालेका सांसदहरूको संख्या फेरि २० पुगेको छ । सभमुख राजबहादुर शाहीले सर्वोच्च अदालतले चार जना सांसदलाई पुर्नबहाली गर्नु भन्ने व्यहोरोको पत्र प्रदेशसभामा सुनाएपछि प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही पुर्नवहाली भएका छन् ।

माओवादी सरकार जोगाउन फ्लोर क्रस गरेका उनीहरूलाई एमालेले कारवाही गरेको थियो । ३५ सदस्य रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा १८ सांसद र प्रतिपक्षमा १६ जना रहेका थिए ।

एमालेका चार सांसद पुनर्वहाली भएसँगै सरकार अल्पमतमा परेको छ । आज सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । भोलि नयाँ बजेट ल्याउने सरकारको तयारी छ ।

सभामुखले पत्र पढेसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेको सांसद लिएर सरकार चलाउने कुरा मान्य नहुने बताएका छन् । ‘संसदीय अभ्यासका आधारबाट संसदलाई कारवाही अघि बढाउने हो भने एमालेका माननीय सदस्यलाई कोही कसैले कहि राख्ने अधिकार छैन । थिति बिगार्ने गरी छलफल चलाउन सकिदैन । जति भनेपनि बुझ्दै नबुझ्ने हो भने, सरकार यहि बाटोमा हिडने नै हो, जो पायो त्यहि व्यक्तिलाई मन्त्री बनाउने हो भने, आफ्नालाई थन्काउने हो भने हाम्रो भन्नु केही छैन । एमालेका सांसदहरु एमाले बसेकै लाइनमा आएर बस्नुपर्छ ।’

उनले अदालतको निर्णय अनुसार आफ्नो दल चल्ने सदनमा बताए । ‘सभाभित्रको संख्यामा फेरबदल भएको छ । छलफलको विषय अहिले नै रोक्नुपर्ने हो । तर, छलफल चलाउन हामी समस्याको समाधान चाहन्छौं । हामी केही समय पर्खिैन्छौं । सदन अवरुद्ध गर्ने हाम्रो चाहना छैन ।’

उनले एमालेका सांसद एमालेमै फिर्ता गरे मात्रै छलफलमा सहयोग गरिने प्रष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर