मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु, दुईजना गम्भीर घाइते – Nepal Press

मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

कैलाली । धनगढीमा मोटरसाइकलले दुईवटा साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ से ५ प २७७१ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल यात्री कैलाली भजनी नगरपालिका–१ का साधुराम डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

मोटरसाइकलमा दुई जना सवार थिए । दुबै जनाको अवस्था गम्भीर रहेको उनले बताए । कैलाली धनगढी उपमहानगरपालिकाका ६ बस्ने मोहनप्रसाद जोशी र सोही ठाउँका माधव प्रसाद भट्टको अवस्था गम्भीर रहेको उनले बताए ।

उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अर्का साइकल चालकलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर