महालेखा नियन्त्रकको कार्यालयले सञ्चालनमा ल्यायो एकिकृत ‘रियल टाइम’ सरकारी वित्त प्रणाली – Nepal Press

महालेखा नियन्त्रकको कार्यालयले सञ्चालनमा ल्यायो एकिकृत ‘रियल टाइम’ सरकारी वित्त प्रणाली

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारी वित्त प्रणाली ‘एलएमबीआइएस’, एकल खाता कोष प्रणाली ‘टीएसए’ र ‘सीगास’बीच एकिकरण गर्दै ‘रियल टाइम’ एकीकृत सरकारी वित्त प्रणाली सञ्चालनमा ल्याएको छ ।

रियल टाइम प्रणाली सञ्चालनमा आएसँगै अर्थमन्त्रालयको ‘एलएमबीआइएस’मार्फत् विनियोजन भएको बजेट सम्बन्धी सरकारी कार्यालयलाई खर्चका लागि अनुमति दिने र त्यसको भरौचर उठाउने काम एकैसाथ सम्पन्न हुने छ । अर्थमन्त्रालयको बजेट व्यवस्थापन प्रणाली ‘एलएमबीआइएस’, कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत खर्च गर्ने प्रणाली ‘टीएसए’, र भौचर उठाउने कम्प्यूटराइज्ड सरकारी लेखा प्रणाली’सीगास’लाई रियल टाइम प्रणालीभित्र एकीकरण सम्पन्न भएको महालेखा नियन्त्रक मधुकुमार मरासैनीले बताए ।

अब तीन खाता मध्ये कुनै पनि खातामा गरिएको प्रविष्टिको विवरण एकै साथ तीन वटै प्रणालीमा जाने मरासैनी बताउँछन् ।

‘सरकारी लेखा प्रणालीको तीन वटा खाता मध्ये कुनै एउटामा परिवर्तन हुनेसाथ तीनै ठाउँमा सुचना जान्छ’ महालेखा नियन्त्रक मरासैनी उदारण दिदै भन्छन् ‘ अर्थमन्त्रालयले रकमान्तर गर्यो भने उक्त सुचना कम्प्यूटराइज्ड सरकारी लेखा प्रणाली’सीगास’सम्म पुग्ने भएकाले चिठीपत्र पठाउनुपर्ने झन्जट हुँदैन।’

सरकारी वित्त प्रणाली रियल टाइममा सञ्चालन भएसँगै यसले सरकारी सेवा प्रभावकारी बनाउने र लागत तथा समय घटाउन मद्दत पुर्याउने उनी बताउँछन् । महालेखा नियन्त्रकको कार्यालयले विगत १ वर्षदेखि उक्त खाताहरूबीच एकीकरण गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर