कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान दिने – Nepal Press

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान दिने

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यस्तो कार्यक्रम समेट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको मागबमोजिम प्रदेश सरकारले पत्रकारका लागि यस्तो कार्यक्रम ल्याउन लागेको हो । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापाका अनुसार मुख्यमन्त्रीले पत्रकारका लागि अरु पनि कार्यक्रम ल्याउने तयारी भएको बताएका छन् ।

पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले भने– यससँगै कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखनवृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्छौ । त्यो माध्ये बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् । उनीहरुले प्रदेश सरकारका काम कारवाहीबारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर