कोपा अमेरिका: १२ जना भेनेजुएलाका खेलाडी र अफिसियललाई कोरोना संक्रमण – Nepal Press

कोपा अमेरिका: १२ जना भेनेजुएलाका खेलाडी र अफिसियललाई कोरोना संक्रमण

काठमाडौं । कोपा अमेरिकाका लागि ब्राजिल पुगेका भेनेजुएलाका १२ जना खेलाडी तथा अफिसियललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार आयोजक ब्राजिलले दिएको जानकारीअनुसार १२ जनामा संक्रमण पुष्टि भएको हो ।

भेनेजुएलाले आज राति २: ४५ बजे आयोजक ब्राजिलसँग उद्घाटन खेल खेल्ने तालिका छ । ब्रासिलियाका स्वास्थ्य सेक्रेटरीले जारी गरेको वक्तव्यमा ‘भेनेजुएलाका ब्याकरूम स्टाफ, खेलाडी र सदस्य गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको’ बताएको छ ।

भेनेजुएलाको टोली शुक्रबार राति ब्राजिल आइपुगेसँगै दक्षिण अमेरिकी फुटबल महासंघले उनीहरूको परीक्षण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *