बजेटमा ‘आफ्ना कार्यक्रम’ समेट्न कर्णालीका मुख्यमन्त्रीसँग एमालेको माग – Nepal Press

बजेटमा ‘आफ्ना कार्यक्रम’ समेट्न कर्णालीका मुख्यमन्त्रीसँग एमालेको माग

सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरुको कार्यक्रम समेट्न माग गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट प्रस्तुत हुने पूर्वसन्ध्यामा एमालेले मुख्यमन्त्रीसँग विभिन्न १९ वटा बुँदामा आफ्नो कार्यक्रम पार्न माग गरेको हो ।

आइतबार एमाले संसदीय दलका नेता यामलाल कँडेको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेर मागपत्र पेश गरिएको हो । एमालेले प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरेको छ । एमालेको मागलाई सकेसम्म सम्बोधन गर्ने मुख्यमन्त्री शाहीले आश्वासन दिएका छन् ।

के छन् एमालेले मागेका कार्यक्रम ?

एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिइ प्रतिनिर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, सुर्खेत मुलपानी, तेलपानी, र बर्दिया भुरीगाउ सडकको मुलपानी रानीघाट खण्डको लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड, निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि ५ करोड, औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गनुपर्ने एमालेको माग छ ।

त्यस्तै एमालेले मागेका थप कार्यक्रम यस्ता छन्–

– प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण यवस्थापनका लागि २५ करोड
– प्रदेश स्तरीय प्रयोगशालाको पूूर्वाधार निर्माण तथा आवश्यक उपकरण ब्यवस्थापनका लागि १५ करोड
– कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० वटा जिल्ला अस्पताल तथा २७ वटा रणनीतिक अस्पतालहरुको पूर्वाधार विकास तथा आवश्यक उपकरण ब्यवस्थापनका लागि प्रति अस्पताल न्यूनतम ३ करोड
– सुर्खेत उपत्यकाको डुबान समस्यालाई समाधान गर्न निकासदेखि ईत्राम खोला र खोर्के खोलामा तटवन्ध निर्माणका लागि १० करोड
– प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने
– राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमि भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड

यसलगायत एमालेले प्रदेशका विभिन्न क्षेत्रका लागि बजेट माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर