सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने – Nepal Press

सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने

काठमाडौं । आगामी सोमबार र मंगलबार उपत्यकामा ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप लगाइने जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि ६२,६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो ।

स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर