चीनको बीआरआईलाई चुनौति दिन जी-सेभेन देशले अघि सारे बीथ्रीडब्लु पूर्वाधार कार्यक्रम – Nepal Press

चीनको बीआरआईलाई चुनौति दिन जी-सेभेन देशले अघि सारे बीथ्रीडब्लु पूर्वाधार कार्यक्रम

जी–सेभेन बैठक आज पनि बस्दै

लन्डन । ठूला सात धनी राष्ट्रहरुको समूह जी-सेभेनले पूर्वाधार निर्माणमा चीनलाई चुनौति दिने गरि अघि बढ्ने सहमति गरेका छन् ।

बीबीसीका अनुसार ती देशले न्यून र मध्यम आय भएका मुलुकलाई पूर्वाधार निर्माणमा सघाउने निर्णय पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ कार्यक्रमलाई चुनौति दिने गरि आफूले समृद्ध विश्वका लागि निर्माण कार्यक्रम (बीथ्रीडब्लु) अवधारणा कार्यान्वयनबारे सोचिरहेको बताए ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रमले विभिन्न मुलुकमा रेल, सडक र बन्दरगाह निर्माणको काम अघि बढाइरहेको छ । चीनको यो कार्यक्रमले गरिब मुलुकहरुलाई ऋणको पासोमा पारेको आलोचन भैरहेको छ ।

चीनको उक्त कार्यक्रमलाई चुनौति दिने गरि जी–सेभेन देशहरुले बीथ्रीडब्लु कार्यक्रमको सोच ल्याएका हुन् ।

तर, यो कार्यक्रममा जी–सेभेनले कसरी लगानी गर्नेछ भन्ने विस्तृत विवरण प्रकाशमा आएको छैन । जर्मन चान्सलर एन्जेला मर्केलले अहिलेसम्म कुनै मुलुकबाट लगानीका लागि पहलकद्मी नभैसकेको बताइन् ।

अमेरिकाले सुरुदेखि नै चीनको कथित ‘ऋण कूटनीति’बारे आलोचना गर्दै आइरहेको छ । जी-सेभेनका सदस्य मुलुकहरुले भविष्यमा महामारी आउन नपाओस् भनेर योजना अघि सार्ने तयारी गरिरहेका छन् ।

शनिबार भएको जी-सेभेनको सत्रमा अमेरिकाले विश्वमा चिनियाँ प्रभुत्व बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको थियो । उक्त सत्रमा राष्ट्रपति बाइडेनले विकसित मुलुकहरुमा चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई चुनौति दिने गरि पश्चिमा लोकतान्त्रिक मुलुक अघि आउनुपर्ने बताएका थिए ।

जी–सेभेनको अन्तिम बैठक सोमबार बस्दैछ । बेलायतमा चलिरहेको बैठकले संयुक्त घोषणपत्र पनि जारी गर्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *