काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीन सीडीओको बैठक बस्दै – Nepal Press

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीन सीडीओको बैठक बस्दै

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठक अहिले बस्दैछ ।

दुई बजे भर्चुअलरुपमा बस्ने बैठकमा उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा र आगामी ढाँचाबारे छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

खेतीपातीको सिजन सुरु भएकाले कृषि र निर्माणको कामलाई सहजीकरण गर्दै निषेधाज्ञा एकसाता थप्ने तयारीमा छलफल चलिरहेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

बैठकमा काठमाडौं उपत्यकामा संक्रमण र मृत्युदरको समीक्षा गर्दै सोहीअनुसार निषेधाज्ञा अघि बढाइने तयारी भइरहेको छ । अहिलेको निषेधाज्ञा जेठ ३१ गतेसम्म कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर