मनाङेबारे डा. बाबुराम- समाजको उत्पीडित तप्कालाई राज्यले ‘अपराधी’ बनाइदिन्छ – Nepal Press

मनाङेबारे डा. बाबुराम- समाजको उत्पीडित तप्कालाई राज्यले ‘अपराधी’ बनाइदिन्छ

वाल्मिकीसँग गरे तुलना

काठमाडौं । हालै गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका दिपक मनाङेबारे सामाजिक सञ्जालमा नानाथरी टिप्पणी भइरहेका छन् । आपराधिक पृष्ठभूमिका मन्त्रीलाई एकपछि अर्को सरकारले मन्त्री दिएको भन्दै आक्रोश व्यक्त भएको छ ।

तर, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मनाङेको बचाउ गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कोही पनि मान्छे जन्मजात अपराधी नहुने तर्क गर्दै मनाङेको बचाउ गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चश्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत: अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।’

मनाङे चर्चामा आएसँगै डा. भट्टराईलाई उनले भेटेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । यसबारे पनि भट्टराईले प्रष्टीकरण दिएका छन् । मनाङे गण्डकी प्रदेशको मन्त्री बन्ने क्रममा आफूसँग भेटेको उनले उल्लेख गरेका छन् ।

डा. भट्टराईले मनाङेलाई रत्नाकरसँग तुलना पनि गरेका छन् । डाकु रत्नाकर बाल्मिकी बनेजस्तै मनाङे पनि परिवर्तन हुन सक्ने उनको भनाइ छ ।

उनी लेख्छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङहरूले नयँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?


प्रतिक्रिया

One thought on “मनाङेबारे डा. बाबुराम- समाजको उत्पीडित तप्कालाई राज्यले ‘अपराधी’ बनाइदिन्छ

  1. जसले अपराध नै गरेर राज्यसत्ता हत्यायो र फेरि हत्याउने प्रयत्न गर्दैछ उसले अपराधी मनाङ्गेको संरक्षण गर्नु स्वभाबिकै हो , कुनै दिन यिनले चाल्स शोभराज पनि मेरा साथी हुन् भनेर घोषणा गरे भने पनि आश्चर्य मान्नु नपर्ला !

Leave a Reply to पारिजात Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर