मनाङेको छुद्र टिप्पणी- दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ? – Nepal Press

मनाङेको छुद्र टिप्पणी- दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

काठमाडौं । गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरे ।

नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका थिए । दुई दिनअघि मन्त्रीबाट राजीनामा दिएका मनाङे पनि धर्नामा सहभागी थिए । त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरे ।

जवाफमा मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’

यसअघि एमाले नेतृत्वको सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् ।


प्रतिक्रिया

2 thoughts on “मनाङेको छुद्र टिप्पणी- दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

  1. ज्यान मारालाइ मन्त्री बनाउने साले कुकुर हरु सबै लाई गोलि ठोक्नु पर्बेहो के गर्नु ज्यान माराको राज्य सत्ता छ बुध्द भुमी नेपाल भन्न पनि लाज लाग्छपो अबत राबण भुमी नेपाल लेख्न सुरु गर्दा हुन्छ नेपाललाई ज्यान मारा भोटे साम्सद। शिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयमा ज्यान मारा मुध्दा दायर छ काठमांडौंमा सभामुख हुने रास्ट्रका अपांग जनता हामी जिसका लाठि उसका भैस यस्तै हो कतिन्जेल चल्ला तिम्रा बाउको रगरगी एक दिन तिमी कुकुरहरुलाइ घरबाट थुत्दै गोलिहान्ने दिन अबस्य आउने छ श्री कृष्णले पनि ९९ सम्म अपराध हुन्जेल केही गर्दैनन सम्झाउछन १०० पुगेसी सुदर्शन चक्र चलाएर टाउको छेदन गर्छन। यी सालेहरुको पापको घडा अलि भरिइ नसकेको अवस्था हो।

  2. यो मान्छे सुन भेटाए गुन बिर्सने हो । यस्ताहरु कहिल्यै बाटो पाउदैनन् चुनाव जित्नु पर्दा एमाले चाहिने लाई आज कसरी केपी को भबिस्यबाणी गर्न सकेको लाज नभएको । केपी को अझै २० बर्श आयु पक्का छ उ खाएजस्तो या गु खाएजस्तो आफैलाइ महसुस भएपछी बल्ल थाहा होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर