फिनल्यान्डसँग डेनमार्क १-० ले पराजित – Nepal Press

फिनल्यान्डसँग डेनमार्क १-० ले पराजित

काठमाडौं । भरपर्दा खेलाडी क्रिस्टियन एरिकसन खेलका दौरान मैदानमा अचेत भएर ढलेसँगै प्रभावित बनेको खेलमा डेनमार्क फिनल्यान्डसँग १-० गोलको नतिजामा पराजित भएको छ ।

डेनमार्कको कोपनहेगनमा भएको खेलको ४२औं मिनेटमा एरिकसन ढलेपछि खेल अवरुद्ध बनेको थियो । तर, केही बेरको उपचारपछि होस खुलेका एरिकसनलाई अस्पतालमा भर्ना गरेसँगै खेल पुन: सुरु भएको थियो ।

पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी रहँदा रोकिएको खेल पुन: १२:१५ बजे सुरु भएको थियो । बल पोसेसन र आक्रमणमा हाबी बने पनि फिनिसिङमा चुक्दा डेनमार्कले गोल गर्न सकेन ।

तर, पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको फिनल्यान्डका लागि जोइल पोजान्पालोले ऐतिहासिक गोल गरे । उनले ५९औं मिनेटमा गोल गर्दै फिनल्यान्डलाई अग्रता दिलाएका थिए ।

ऐतिहासिक गोल गरे पनि खेलका दौरान भएका विभिन्न कारणले उनले त्यो गोलको खुशी मनाएनन् ।

डेनमार्कले अर्को खेलमा बिहीबार बेल्जियमको सामना गर्नेछ भने फिनल्यान्डसले बुधबार रुससँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर